बढ्दो जनसंख्या, आहार विहारको परिवर्तन, तीव्र गतिमा विकसित शहरीकरण जस्ता कारणबाट देशमा खाद्द सामग्रीहरुको माग दिनानुदिन बढिरहेको सर्वविदितै छ | निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायीकरण र बिविधिकरण विना सो माग सम्बोधन गर्न असम्भव प्रायः छ । सम्बद्ध सबै निकायहरु (Stakeholders) ले आ–आफ्ना क्षेत्रहरुबाट कृषिको प्रवर्द्धन तथा बिकासका लागि सक्दो सहयोग गर्नुपर्ने आजको आवश्यकता हो ।
कृषि विकास बैंक देशमा कृषि कर्जा प्रवाह गर्नेे अगुवा बैंकको रुपमा स्थापित भई ठूलो जिम्मेवारी बहन गर्ने अवस्थामा पुगेकोछ । बैंकले कृषि तथा पशुपंछीपालन सम्बद्ध ब्यवसायहरु संचालनका लागि आवश्यक पर्ने पूँजि ब्यवस्थापनमा सहजिकरण गर्न विविध कर्जा उपकरणहरु प्रयोगमा ल्याइरहेकोछ । बैंकले सबै तहका कृषक एवं कृषि ब्यवसायीहरुको माग तथा अपेक्षालाई सम्बोधन गर्ने गरी कृषि तथा पशुपंछीपालन संग सम्बन्धित निम्न कर्जा सुविधाहरु उपलब्ध गराइरहेको छ।
कृषि विकास बैंकले कृषि यान्त्रिकरण कर्जा अन्तर्गत देहायका शिर्षकमा ब्यक्तिगत तथा व्यवसायिक कर्जा प्रवाह गर्दछ:
Agriculture Collection/Market Centers (कृषि बजार केन्द्र)
कृषि तथा पशुपंछीपालन सम्बन्धि प्राविधिक जानकारी र आवश्यक कागजातहरु: