कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ । यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर Visa Card Holder ले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सकिने छ ।
यो सेवा संचालन पश्चात बैकको रेमिट्यान्सको आप्रवाहको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको भिसा कार्ड वाहकको खातामा रकम पठाउन सकिने व्यवस्था भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।
