Agricultural Development Bank's visa cards can be easily linked to mobile and payment service can be easily availed

काठमाण्डाै । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र फोकस वान पेमेण्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल मार्फत युटिलिटि पेमेन्ट, रिचार्ज कार्ड, क्यूआर काेर्ड मार्फत पसलमा भुक्तानी तथा ब्यवसायिक भुक्तानी सेवालाई सहज बनाउने सम्वन्धमा सहकार्य गर्ने बारे सम्झौता भएकाे छ ।

यो सेवा लागु भए पश्चात कृषि विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले फोकसवान पेमेण्ट सोलुसन्सको MOCO डिजिटल एपलाई मोबाइलमा डाउनलाेड गरि युजर बन्न सकिने र आफनो भिसाकार्डको आवश्यक विवरण प्रविष्ट गरी सकेपछि सम्बन्धित भिसाकार्ड बाहक ग्राहकले भौतिक कार्ड विना नै सो एप मार्फत युटिलिटि पेमेन्ट, रिचार्ज कार्ड, क्यूआर काेर्ड मार्फत सार्वजनिक सेवा वापतको भुक्तानी र ब्यवसायिक ग्राहकबाट खरीद गरेको बस्तु तथा सेवा वापत भुक्तानी आफनो मोवाइलबाट सहजै गर्न सक्ने छ ।

ग्राहकले आफनो खातामा भएको मौज्दात रकमबाट MOCO डिजिटल वालेट को एप मार्फतमा सम्वन्धित पक्षको खातामा भुक्तानी/जम्मा हुने भएकोले यो सेवा ग्राहक मैत्री रहेको बैकले जनाएको छ । यो सेवा संचालन पश्चात बैकको भुक्तानी सेवाको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको सेवा विस्तार भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

View Link
About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com