
अनिल कुमार उपाध्यक्ष चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा तीन दर्शक विताएका उपाध्ययले कृषि विकास बैंकबाटै अधिकृत स्तरबाट बैकिङ्ग करियर शुरु गरेका थिए । उपाध्याय सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने सीइओहरुको सूचि भित्र पर्ने बैंकर मानिन्छन् । अनिलकुमार उपाध्याय ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै कृषि विकास बैंकको सीईओ बनेका एक सफल बैंकर भनेर पनि परिचित छन् ।
विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन र हुँदैन पनि । यो अवस्थामा पनि नेपालको सरकारी बैंक कृषि विकास बैंक लिमिटेडले धेरै भन्दा धेरै शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ कृषि विकास बैंक लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न प्राय सबै शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ ।
