लगभग ५ महिना देखि विश्व कोरोना संक्रमणका कारण आतंकित छ । चाहे आर्थिक रुपमा सम्पन्न तथा शक्तिशाली देश होउन चाहे आर्थिक रुपमा कमजोर देश होउन यस महामारी वाट सबै पीडित भएको सन्दर्भमा नेपाल पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) को प्रभाववाट अछुतो रहन सक्ने अवस्था नै रहेन । भलै अन्य देशको तुलनामा हाम्रो देशमा यस रोगवाट संक्रमित हुनेको सख्या कम देखिएको छ भने तथा सोवाट अहिले सम्म मानवीय क्षति नभएको अवस्था छ र मानवीय क्षति नहोस कामना गरौ । देश पूर्ण रुपमा लक डाउनमा छ र यो अवस्था कहिले सम्म रहन्छ भनी अनुमान गर्ने अवस्था पनि छैन । हरेक देशको अर्थतन्त्रमा यसले ठूलो असर पारेको र अझ कति असर पार्छ भन्ने अनुमानहरु गर्न नसकिने अवस्था छ । यसको असरवाट अमेरिका, जापान तथा कतिपय यूरोपियन मुलुकहरुको आर्थिक बृद्धि दर ऋणात्मक हुने कतिपय अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको प्रक्षेपण रहको छ । यस्तो विषम परिस्थितिवाट विश्व गुज्रीरहेको अवस्थामा नेपाल पनि यस समस्यावाट अछुतो रहन सक्ने अवस्था रहेन । नेपालको आर्थिक वृद्धि दर गत वर्षहरुमा भन्दा उच्च हुने प्रक्षेपण गरिएको अवस्थामा कोरोना संक्रमण वढे संगसंगै मुलुक १ महिना भन्दा वढी अवधि देखि लक डाउनमा छ र हरेक आर्थिक गतिविधिहरु ठप्प प्राय: भएको अवस्था छ र यो अवस्थो हाम्रो आर्थिक वृद्धि दर २.२८ प्रतिशत कायम हुने प्रक्ष्यपेण गरिएको भएतापनि यो अवस्था अझै लम्वियो भने पनि ऋणात्मक नहोला भन्न सकिने अवस्था छैन । यसरी विश्लेषण गर्दा विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको छ । यसरी देशममा आई परेको यस आर्थिक संकटलाई संयमतापूर्वक व्यवस्थापन गर्दै अर्थतन्त्रको चुस्त सञ्चालन र व्यवस्थापनमा लाग्नुपर्ने आजको आवश्यकता हो ।
