बाबुकाजी थापा / कोरोनाको वर्तमान संकटले आगामी दिनमा लाखौं नेपालीले खाडी राष्ट्रमा रोजगारी गुमाउने संभावना छ । भविष्यमा फर्केर आएका त्यस्ता युवायुवती कृषि व्यवसायमा आकर्षित हुनेछन । बैंकमा उनीहरुले कर्जा माग गर्न आउने व्यापक संभावना छ, जसका लागि सहुलियत व्याज दरमा कर्जा लगानी गर्न तत्कालै केहि अर्ब रुपैंया सरकारले छुट्टयाउनु पर्ने आवश्यकता छ ।
