भैरहवा, २० चैत ।
कृषि विकास बैंक लिमिटेड भैरहवा शाखाको आयोजनामा केरा उत्पादक कृषक, व्यापारी तथा सरोकारबालाबीच व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया गोष्ठी कार्यक्रम शुक्रबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सम्पन्न भएको छ । केरा खेती गर्ने किसानहरुलाई केरा खेतीको अवसर, केरा खेती गर्दा किसानहरुले भोग्नु परेको समस्या र समस्याका बारेमा सरोकारवाला निकायसँग प्रत्यक्ष अन्तरक्रिया गरी समाधान गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बैंकले जनाएको छ ।
