कोरोना भाइरस (कोभिड १९)को महामारी सामना गर्न बैंकहरुले विभिन्न कदमका श्रृंखलाहरू चालु गरिसकेका छन् । हामीले देखेका सामान्य चरणहरूमा केन्द्रीय टास्क फोर्स स्थापना, यात्रा घटाउने, ठूलो संख्यामा हुने भेला बन्द गर्ने, काम गर्ने टिमहरु अलग–अलग गर्ने, टेलिवर्किङबाट काम गर्ने व्यवस्था गर्ने बाह्य÷बिक्रेता अन्तर्कक्रिया (एक्सटर्नल–भेण्डर–इन्टर्याक्सन) नीतिहरू पुनर्ताजगी गर्ने कार्यहरु पर्दछन् । यी तत्काल र आधारभूत कार्यहरू बाहेक बैंकहरुले जैविक र बजार दबावको विशेष संयोजन अनुरुप यिनीहरुले विश्वव्यापी बजारमा पार्ने प्रभाव सामना गर्न तीन उपायहरूलाई प्राथमिकता दिनुपर्दछ । यी बुँदाहरुले चीन, इटाली र अरु धेरै देशहरुको अनुभवलाई आकर्षित गरी यी देशहरुबीच आर्थिक र राजनीतिक संरचना, स्वास्थ्य सेवा प्रणाली र सामाजिक एंव सांस्कृतिक मापदण्डहरुमा भिन्नता छ भनेर इङ्गित गर्दछ ।
